शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

प्रतिनिधिसभा बैठक बस्दै

Share:
238

काठमाडौं, जेठ ३० । लगातार अवरुद्ध भइरहेको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ः०० बजे बैठक बोलाइएको छ।

बिहिबार पनि प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले संसद् अवरोध गरेपछि आज सम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन ।

बैठकमा मुख्यतयाः उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो।

प्रतिपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसद्को बैठक जेठ १३ गते देखी नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् ।

उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानविन समिति बनाउनु पर्ने मुख्य माग राखिराखेका छन्। तर, सत्ता पक्षले भने अझै यसलाई स्वीकार नगरे पछि संसद् बैठक प्रभावित हुँदै आएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।