शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

विश्वकप छनोट : माल्टाको पोस्टमा नेदरल्यान्ड्सको ८ गोल

Share:
185

काठमाडौं, जेठ २८ । युरोपेली राष्ट्रको विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले माल्टामाथि सनसनीपूर्ण जित निकालेको छ। समूह ‘जी’को खेलमा नेदरल्यान्ड्सले माल्टालाई ८–० गोलले हराएको हो। सो खेलमा मेम्फिस डिपेले दुई गोल गरेका थिए।

यसैगरी डोनेल मालनेले पनि दुई गोल गरे। अन्य गोल भिगिल भान डिजिक, जाभी सिमोन्स, नोह लाङ र मिक्की भान डे मेनले गरे।

सोही समूहको अर्को खेलमा फिनल्यान्डले पोल्यान्डलाई २–१ ले हरायो। हेलसिन्कीमा भएको सो खेलमा पाएको कठिन जित सहित फिनल्यान्ड समूहको शीर्ष स्थानमा पुगेको छ। फिनल्यान्डको चार खेलमा सात अङ्क बनाएको छ भने नेदरल्यान्ड्सको दुई खेलमा ६ अङ्क छ। पोल्यान्डले पनि तीन खेलमा ६ अङ्क बनाएको छ। लिथुवानियाको तीन खेलमा दुई तथा माल्टाको चार खेलमा मात्र एक अंक छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।