शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित

Share:
177

जेठ २७ । विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा बेल्जियमले वेल्समाथि सनसनीपूर्ण जित निकालेको छ।

समूह जेको खेलमा बेल्जियमले वेल्सलाई ४-३ गोल अन्तरले हराएको हो। सुरुवातमा नै ३-० ले अघि रहेको बेल्जियमविरुद्धमा वेल्सले उत्कृष्ट कमब्याक गरेपछि खेलको अवस्था ३-३ थियो।

रोबर्टो लुकाकुले अग्रता दिलाएको खेलमा युरि टालेसमेन र जेरेमी डोकुले थप गोल गरे पनि पहिलो आधा घण्टामा नै बेल्जियमले ३-० को अग्रता लिएको थियो।

बेल्जियमको दोस्रो हाफमा विल्सनको पेनाल्टी गोलमा खेलमा फर्किएको थियो। सोर्बा थोमस र ब्रेना जोन्सनले गोल गरे ६९ औँ मिनेट खेल बराबरीमा पुगेको हो। ८८ औँ मिनेटमा बेल्जियमका लागि केभिन डु ब्रायनले गोल गरे।

समूहमा उत्तरी मेसोडेनिया ८ अङ्कसहित शीर्ष स्थानमा छ। चार खेलमा ७ अङ्क जोडेको नर्वे दोस्रो स्थानमा छ। बेल्जियम दुई खेलमा ४ अङ्कसहित तेस्रो स्थानमा छ। काजकिस्तान तीन खेलमा ३ अङ्कसहित चौथो स्थानमा छ।

शीर्ष स्थानमा पुग्ने क्रममा उत्तरी मेसोडोनियाले सोमबार भएको खेलमा काजकिस्तानलाई १-० ले हराएको छ। सो खेलमा ट्राभ्सकोस्कीले ३३ औँ मिनेटमा विजयी गोल गरेका थिए। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।