शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

विश्वकप लिग-२ : आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

Share:
236

जेठ २७ । आइसिसी क्रिकेट विश्वकप लिग- २ अन्तरगत आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ । स्कटल्यान्डमा जारी शृङ्खलामा नेपाल उच्च फर्ममा छ ।

यसअघि नेपालले स्कटल्यान्डसँग भएको दुई खेलमा एकमा विजयी भएको छ भने अर्को खेलमा पराजित भएको छ । नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको छ । लिग–२ मा नेपाल १५ खेलमा १० अङ्क सहित सातौँ स्थानमा छ । नेपालको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

२२ खेलमा २६ अङ्क सहित दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले पछिल्ला तीन खेलमा पराजयको सामना गरेको छ । अमेरिका २० खेलमा २८ अङ्क सहित शीर्ष स्थानमा छ ।

यो सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै एक बल बाँकी हुँदा एक विकेटको जित निकालेको थियो । स्कटल्यान्डविरुद्धकै दोस्रो खेलमा ३२४ रन पछ्याएको नेपाल ३२१ रन बनाउँदै दुई रनले पराजित हुनपुग्यो । नेपालले नेदरल्यान्ड्सविरुद्ध भने अघिल्लो खेलमा १७ बल बाँकी हुँदा पाँच विकेटको जित निकालेको छ ।

लिग–२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।