शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु

Share:
202

गाजा, जेठ २६ । दक्षिणी गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको बन्दुक आक्रमणमा ६ जना मारिएका छन् । घटनामा धेरै घाइते भएका छन् ।

शनिवार बिहानैदेखि खाद्यान्न लिनका लागि मानिसहरूको भिड लागेको समयमा गोली प्रहार भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार मानिसहरू राहत लिनका लागि हिँडेको समयमा नै आक्रमण भएको हो ।

इजरायलले भने आफूहरूमा खतरा भएको महसुस भएका कारण चेतावनी युक्त रूपमा बन्दुक पड्काएको जनाएको छ ।

बितेको एक सातामा मात्र इजरायली आक्रमणमा दर्जनौँको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् ।

अमेरिका र इजरायलको नियन्त्रणमा हमासले सञ्चालन गरेको राहत वितरण कार्यक्रम पनि अहिलेलाई स्थगित गरिएको छ ।

राहत वितरण रोकिए पनि त्यसैको आसमा गाजाबासी आउने गरेका छन् । इजरायली डिफेन्स फोर्स ९आइडिएफ०ले उक्त क्षेत्रमा सेनाको गतिविधि हुने भएकाले नआउनका लागि सूचना जारी गरेको बताएको छ ।

राहत वितरण गर्ने जिएचएफले शनिबार नै हमासको धम्कीका कारण राहत वितरण नगरेको जनाएको छ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।