शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित

Share:
177

जेठ २५ । विश्वकप फुटबल अन्तर्गत युरोपेली देशहरूको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार तेस्रो जित निकालेको छ ।

शनिवार राति भएको समूह ‘के’को खेलमा एन्डोरालाई १–० गोलले हराउँदै इङ्ग्ल्याण्डले तेस्रो जित निकालेको हो । इङ्ग्ल्याण्डका लागि हेरी केनले गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको पाँचौँ मिनेटमा केनले गोल गरेका हुन् । खेलमा एन्डोराले केही राम्रो आक्रमण गरे पनि गोल गर्न सकेन ।

सोही समूहको अर्को खेलमा अल्बानिया र सर्बियाबीच गोलरहित बराबरी भयो ।

समूहमा इङ्ग्ल्याण्ड ३ खेलमा शतप्रतिशत जितसहित ९ अङ्कका साथ शीर्ष स्थानमा छ । अल्बानियाको ३ खेलबाट ४ अङ्क छ ।

यस्तै, लाट्भियाको २ खेलमा ३ अङ्क, सर्बियाको १ खेलमा १ अङ्क नै छ भने एन्डोराले ३ खेलमा कुनै अङ्क जोड्न सकेको छैन । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।