शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

रत्ननगर- ९ मा अभिभावक लक्षित लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना

Share:
254

रत्ननगर, जेठ २४ । किशोर किशोरी अवस्थामा लागूपदार्थ दुर्व्यसनको असर र नियन्त्रणमा अभिभावकको दायित्व सम्बन्धी सचेतना कार्यक्रम रत्ननगर–९ मा सम्पन्न भएको छ ।

लागूऔषध प्रयोगकर्ता बढिरहेको बेला रत्ननगर–९ स्थित कपरफोरी माविमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका लागि लागूऔषध दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले बताए ।

वडा कार्यालयको आयोजना र इलाका प्रहरी कार्यालयको विशेष सहयोगमा भएको कार्यक्रमका प्रशिक्षकले लागूऔषध दुव्र्यसन र यसका असर, समाजमा पार्न सक्ने नकारात्मक प्रभावका बारेमा प्रहरी वरिष्ठ नायब निरीक्षक गोविन्द परियारले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष अनन्त अधिकारीले समाजमा दिन प्रतिदिन लागूऔषध प्रयोग गर्नेको संख्या बढ्दै गएकोले अभिभावक र युवा पुस्ताले नै सचेत गराएर मात्र यसलाई निर्मूल पार्न सकिने बताए ।

कार्यक्रममा अभिभावकहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो । उनीहरूले लागूऔषध दुर्व्यसनमा आफू नफस्ने र आफ्ना छोराछोरीलाई पनि फस्न नदिने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रम वडा सदस्य कमानसिंह चौधरी, कपरफोरी माविका प्रधानाध्यापक डा। विष्णु कट्टेल, बालुवाटार विपद् व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।