आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीको बधाई

Share:
260

जेठ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्। आइसिसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन्। बुधबार राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘फेरि जित, फेरि बधाई। आईसीसी सिडब्लुसी लिग–२ अन्तर्गतको नेपाल र नेदरल्याण्ड बीचको खेलमा नेपालले ५ विकेटले शानदार जित हासिल गरेको छ। हार्दिक बधाई।’ यसअघि नेपालले रोमाञ्जक खेलमा स्कटल्यान्डविरुद्ध एक विकेटको जित निकालेको थियो।

बुधबारको खेलमा नेदरल्याण्डले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। नेपालको जितमा आरिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरे। ९९ बलको सामना गरेका उनले ७ चौका र २ छक्का सहित ७८ रन बनाए। यस्तै दीपेन्द्र सिंह ऐरीले नटआउट ३८ रन बनाउँदा कप्तान रोहित पौडेल २३ रनमा रनआउट भए। ओपनर कुशल भुर्तेलले २५ रन बनाउँदा अर्का ओपनर आसिफ शेख १९ रनमा समेटिए। बलिङतर्फ सोमपाल कामीले तीन विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशीले समान दुईदुई विकेट हात पारे।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।