बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

मालीमा भएको आतंककारी आक्रमणमा ३० सैनिकको मृत्यु

Share:
300

जेठ १९ । अफ्रिकी मुलुक मालीमा भएको आतंककारी आक्रमणमा परी ३० सैनिकको ज्यान गएको छ । मालीमा रहेको एक सैन्य आधारलाई लक्षित गरी आतंककारी आक्रमण भएको हो ।

आक्रमणमा आतंककारी संगठन अल कायदामा आबद्ध लडाकुको संलग्नता रहेको अधिकारीहरुले जनाएका छन् । बुर्किना फासोको सीमानजिकै रहेको बोलकेस्सी क्षेत्रमा रहेको सैन्य आधार शिविरमा आक्रमण गरी नियन्त्रणमा लिएको अल कायदा सम्बद्ध जमाआ नुस्रत उल इस्लाम वा अल मुस्लिमिन नामक समूहले दाबी गरेको छ ।

उक्त समूहले टिम्बुक्टू शहरमा समेत आक्रमण गरेको दाबी गरेको छ । सो क्षेत्रमा रुसी सैन्य कम्पनी वाग्नरका लडाकुहरु तैनाथ रहेको बताइन्छ ।

साहारा मरुभूमिबाट दक्षिणमा पर्ने साहेल भनिने क्षेत्रमा पछिल्लो समय आतंककारी आक्रमणका घटना बढ्दै गएको छ । सो क्षेत्रका माली, बुर्किना फासो, नाइजरजस्ता मुलुकमा मे महिनाको शुरुवातदेखि भएका आक्रमणमा ४०० जनाभन्दा धेरै सैनिक मारिएका छन् ।

गत मे २४ का दिन आतंककारी लडाकुले मालीकै डिओउरास्थित सैन्य आधार शिविरमा आक्रमण गर्दा ४० सैनिक मारिएका थिए । त्यसैगरी, मे महिनाको मध्यतिर बुर्किना फासोको जिबो क्षेत्रमा भएको आक्रमणमा २ सयभन्दा धेरै सैनिक मारिएका थिए ।

त्यसैगरी, मे २४ मा नाइजरको टोहोवा र मे २६ मा डोस्सो क्षेत्रमा भएको आक्रमणमा १ सयभन्दा धेरै सैनिक मारिएका थिए ।

सन् २०२० देखि सन् २०२३ सम्म भएका सत्तापलटपछि यी मुलुकमा सैनिक सरकारले शासन चलाइरहेको छ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।