बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

कालिका- ७ द्वारा ज्येष्ठ नागरिकलाई ब्लाङ्केट र टावेल बितरण

Share:
393

रत्ननगर, जेठ १८ । चितवनको कालिका नगरपालिका वडा नं. ७ ले सम्मान गर्दै १ सय २ जना ज्येष्ठ नागरिकलाई ब्लाङ्केट र टावेल बितरण गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को वडाको बजेटबाट रू १ लाख ९० हजार बराबरको फाईबरको ब्लाङ्केट र टावेल बितरण गरेको हो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत आइतवार ८० वर्ष भन्दा माथिका १ सय २ जना वृद्धवृृद्धाहरूलाई घर घरमै पुगि खादा सहित सम्मान गरी बाङ्केट र टावेल बितरण गरिएको वडा अध्यक्ष कमलराज मुक्तानले जानकारी दिनुभयो ।

पछिल्लो समय घर–परिवारमा ज्येष्ठ नागरिक एक्लै भएको हुँदा उहाँहरूलाई स्थानीय सरकार साथमा रहेको आभास दिलाउन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ब्लाङ्केट र टावेल वितरण गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष मुक्तानले भन्नुभयो, “हाम्रो वडासँगै राष्ट्र निर्माणमा ज्येष्ठ नागरिकको ठूलो योगदान छ । उहाँहरुलाई हामीले बिर्सनु हुँदैन,” “घर परिवार र समाजका हरेक ब्यक्ति ज्येष्ठ नागरिकको उच्च सम्मान गर्नुपर्छ, यस कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने उहाँको भनाईछ ।

यसैगरी, कालिका वडा नं. ७ ले हिडडुल गर्न नसक्ने वृद्धवृद्धाहरुलाई घर घरमै पुगेर समेत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आईरहेकोछ ।

जेष्ठ नागरिक सम्मान तथा ब्लाङ्केट र टावेल वितरण कार्यक्रममा वडा सदस्य महेश श्रेष्ठ, सन्त वहादुर सिंजाली, शर्मिला अधिकारी, रमु नेपाली, वडा सचिव मधुकुमार थापा र कार्यालय सहायक समीक्षा चौधरीको सहभागिता रहेको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।