शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

माधवपुर गोल्डकप : मैत्रीपूर्ण महिला फुटबलमा साईमन स्पोर्ट्स कालिका विजयी

Share:
403

रत्ननगनर, जेठ १६ । रत्ननगरको माधवपुरमा जारी माधवपुर गोल्डकप २०८२ अन्तर्गत शुक्रबार भएको मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा साईमन स्पोर्ट्स कालिका विजयी भएको छ ।

माधवपुर खेल मैदानमा भएको खेलमा रत्न प्रिय क्लब रत्ननगरलाई १-० ले पराजित गर्दै साईमनले जित निकालेको हो ।

साईमनका लागी जर्सी नम्बर १८ कि खेलाडी अनिता गुरुङले दोश्रो हाफको छैटौं मिनेटमा हानेको प्रहार गोलमा परिणत भएको थियो ।

उनी अनितालाई खेलको म्यान अफ दि म्याच ट्रफी प्रदान गरिएको छ ।

गोल्डकपको भोली हुने फाईनल खेलमा एपीएफ र अभिषेक चर्च रजहर भिड्दै छन् ।

सेमीफाईनलमा एपीएफले न्यू पञ्चदिपलाई १-० ले हराउँदै र अभिषेकले बागमती फुटबल एकेडेमीलाई ट्राईब्रेकरमा ७-६ ले पराजित गर्दै प्रतियोगिताको फाईनलमा प्रवेश गरेका हुन्।

प्रतियोगिता माधवपुर खेलकुद विकास समितिको आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज प्रा.लि.को मुख्य प्रायोजनमा भईरहेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।