बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

भारतमा फर्कियो कोभिड, २५७ जना संक्रमित भेटिँदा दुईजनाको मृत्यु

Share:
316

मुम्बई, बैशाख ६ । भारतमा फेरि कोभिड १९ भाइरसका संक्रमित भेटिन थालेका छन् । सोमबार मुम्बईमा २५७ जना कोभिडका संक्रमित भेटिएका हुन् । जसमध्ये केईएम अस्पतालमा दुईजना कोभिड संक्रमितको ज्यान नै गएको छ ।

ती दुवैजना दीर्घकालीन रोगका बिरामी थिए । उनीहरू कोभिड लागेपछि अस्पतालमा भर्ना भएकोमा उपचारका क्रममा ज्यान गएको हो ।

कोभिड लागेकाध्ये एकजनालाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो।

यसैबीच, एसियाकै सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोनाभाइरसका बिरामी फेरि बढिरहेका छन्। यी देशहरूमा नयाँ केसहरूको संख्या बढ्दै गएको छ।

सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन् । अप्रिलको अन्तिम सातासम्म यो संख्या ११ हजार १ सय थियो । यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

उता, जनवरीदेखि हङकङमा ८१ केस भेटिएका छन्। जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ । चीन र थाइल्याण्डमा पनि अलर्ट जारी गरिएको छ ।

यद्यपि यहाँ बिरामीको संख्याबारे जानकारी दिइएको छैन । भारतमा जनवरी १ देखि मे १९ सम्म २५७ केस रिपोर्ट गरिएको छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।