सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

कालोमोसोको भिडियो भाइरल : रत्ननगरद्वारा भिडियो २०७४ को भएको स्पष्टोक्ति

Share:
800

रत्ननगर, जेठ ५ । रत्ननगर नगरपालिकाले सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियो हालको नभएर करिब आठ वर्ष पुरानो भएको स्पष्ट पारेको छ ।

भ्रष्टाचार र अनियमितताको आरोपमा एक इन्जिनियरलाई कालोमोसो दलेको भन्दै भाइरल भएको उक्त भिडियो २०७४ को भएको पुष्टि भएको छ । नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले यो भिडियो वर्तमान समयको नभएको र आफ्नो कार्यकालमा यस्तो कुनै घटना नघटेको प्रष्ट्याउनुभयो । ‘यो भिडियो २०७४ को हो, जसलाई गलत तरिकाले भाइरल बनाएर नगरपालिकाको बदनाम गर्ने प्रयास गरिएको छ । मेरो कार्यकालमा यस्तो कुनै घटना भएको छैन । नगरवासीलाई भ्रममा नपर्न अनुरोध गर्दछु,’ पाठकले भन्नुभयो ।

उपप्रमुख पाठकले रत्ननगर नगरपालिकाले पछिल्लो समय उल्लेखनीय प्रगति हासिल गरेको पनि बताउनुभयो । उनका अनुसार, चितवन जिल्लामै कम बेरुजु भएको नगरपालिकाको रूपमा रत्ननगरले प्रथम स्थान प्राप्त गरेको छ, जसले वित्तीय पारदर्शिता र अनुशासनको झलक देखाउँछ । त्यस्तै, लिजा एफआरएमा समेत चितवन जिल्लामा रत्ननगर प्रथम भएको छ । फोहोर व्यवस्थापनमा पुरस्कृत भएको र जलवायु उत्थानशील योजनाअन्तर्गत पुरस्कार प्राप्त गरेको नगरपालिकाले वातावरण संरक्षण र दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उहाँले बताउनुभयो ।

उपप्रमुख पाठकले भ्रामक प्रचारका बाबजुद रत्ननगर नगरपालिका समृद्ध र समुन्नत बनाउने लक्ष्यमा अघि बढिरहेको बताउनुभयो । नगरपालिकाले सम्पूर्ण नगरवासीलाई भ्रामक समाचारप्रति सचेत रहन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।