बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

जनचेतनामूलक कार्यक्रम गर्दै सक्कियो विश्व सडक सुरक्षा सप्ताह

Share:
448

रत्ननगर, जेठ ४ । सामुदायिक सडक सुरक्षा मञ्च रत्ननगरको आयोजना र रत्ननगर उद्योग वाणिज्य संघको सह-आयोजनामा विश्व सडक सुरक्षा सप्ताह- २०८२ को अवसरमा २९ वैशाखदेखि ४ जेठसम्म विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्।

रत्ननगर नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र रत्न प्रिय क्लब रत्ननगर- ९ को सहयोगमा आयोजित कार्यक्रमहरूले सडक सुरक्षाप्रति स्थानिय समुदायमा जागरूकता अभिवृद्धि गर्ने लक्ष्य राखेका थिए। सप्ताहको अन्तिम दिन ४ जेठमा रत्ननगर- ८ स्थित माध्यमिक विद्यालय चित्रसारीमा विशेष कार्यक्रम आयोजना गरियो ।

चित्रसेन सामुदायिक वन र मावि चित्रसारीको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ८ को कार्यालयले आर्थिक सहयोग प्रदान गरेको थियो । कार्यक्रममा ६० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको अध्यक्षता सामुदायिक सडक सुरक्षा मञ्च रत्ननगरका अध्यक्ष चन्द्रकान्त ओझाले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा रत्ननगर वडा नं. ८ का वडा अध्यक्ष कृष्ण चौधरी थिए ।

अतिथिहरूमा मा.वि चित्रसारीका प्रधानाध्यापक शंकर घिमिरे, लिटिल स्टार सेकेण्डरी स्कुलका शिक्षक प्रतिनिधि कमल मगर, ट्राफिक प्रहरी पोष्ट टाँडीका प्रशिक्षक प्रहरी नायब निरीक्षक कृष्ण प्रसाद ढकाल र प्रशिक्षक सामुदायिक सडक सुरक्षा मञ्चका सदस्य तथा रत्न प्रिय क्लवका अध्यक्ष बसन्त राना रहेका थिए ।

कार्यक्रममा सडक सुरक्षा, ट्राफिक नियम र दुर्घटना न्यूनीकरणका उपायहरूबारे प्रशिक्षण दिइएको थियो । सामुदायिक सडक सुरक्षा मञ्चकी सदस्य मिना पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

आयोजक संस्थाका अध्यक्ष चन्द्रकान्त ओझाले सडक सुरक्षाप्रति सबैको साझा जिम्मेवारी रहेको बताउँदै यस्ता कार्यक्रमले विशेषगरी युवा र विद्यार्थीहरूमा सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रमुख अतिथि वडा अध्यक्ष चौधरीले सडक दुर्घटना न्यूनीकरणका लागि स्थानीय तहले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । यो सप्ताहव्यापी अभियानले रत्ननगर क्षेत्रमा सडक सुरक्षाको महत्वलाई उजागर गर्न र ट्राफिक नियमको पालना गर्न प्रेरित गर्न सफल भएको आयोजकले जनाएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।