रत्ननगर, जेठ ४ । रत्ननगर नगरपालिका वडा नं–३, भ्यू टावरअगाडि म्याजिकलाई मोटरसाइकलले ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना १ ज ८७३० नम्बरको म्याजिकलाई सोही दिशातर्फ जाँदै गरेको बा ५२ प ७२३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक भारत घर भई हाल भरतपुर–५ बस्ने २७ वर्षीय जसपाल सहनी र सोही मोटरसाइकलपछाडि सवार तनहुँ घर भई भरतपुर–५ बस्ने ३० वर्षीया शान्ता विक घाइते भएका हुन् ।
दुवै घाइतेको बकुलहर रत्ननगर अस्पतालमा उपचार भइरहेको र दुवै सवारीसाधन तथा म्याजिक चालक रत्ननगर–१ बस्ने २५ वर्षीय विजय बुढाथोकी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।








