बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

कालिकामा सूत्र राजस्व मोडल सफ्टवेयर सम्बन्धी अभिमुखीकरण

Share:
469

चितवन । चितवनको कालिका नगरपालिकाले राजस्वमा सुत्र मोडेल सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेकोछ ।

कालिका नगरपालिका राजस्व शाखाको आयोजनामा कालिका वडा नं. १० को कार्यालय सिद्धिमा भएको अभिमुखीकरण तालिममा १ देखि ११ वटै वडाका सचिव, वडा सहायक र नगरका विभिन्न शाखामा कार्यरत राजस्वसंग सम्बन्धित कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०८२/०८३ बाट नगरपालिकाले पूर्ण रूपमा कार्यान्वयन गर्न कार्ययोजना पेश तथा सम्पूर्ण कर्मचारीहरूले गर्नुपर्ने काम कर्तव्यहरूको बारेमा जानकारी, नगरपालिकाले नगरभरी राजस्वलाई क्यूआर प्रणालिबाट राजस्व तिर्ने र नगद राजस्व घटाई आर्थिक पारर्दशिता वृद्धि गर्ने बारे कालिकाका बरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालले सहजिकरण गरेका थिए ।

राजस्व दाखिला, बैङ्किङ प्रणाली, सूत्रको प्रयोग, मोडल, सप्टोयर, प्रयोगको विधि, भौचर प्रमाणीकरण लगायत विषयमा वडा कार्यालयका सचिवहरू तथा वडा कार्यालयका राजस्व शाखाका कर्मचारीहरूलाई थप दक्ष बनाउन अभिमुखीकरण कार्यक्रम योजना गरिएको कडुवाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि लेखा समितिका संयोजक तथा वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीले निति नियममा रहेर राजस्व उठाउनुपर्ने बताए ।

उनले भने, राजस्व उठाउनुपर्छ, राजस्व नउठाए कसरी विकास गर्ने ?, कसरी सेवा प्रवाह गर्ने ?, कसैलाई बढी लिनुपर्छ, कसैलाई थौरै लिनुपर्छ भन्ने छैन, निति नियममा रहेर शिर्षक अनुसार लिनुपर्छ ।

समयमै राजस्व तिर्ने कुरामा सबै जना दत्त चित्त भएर लाग्नुपर्ने उनको भनाई छ ।

कालिका वडा नं. १० का वडा अध्यक्ष नरजंग प्रजा (महेन्द्र) ले समयमै कर तिरी जरिबानाबाट बच्न व्यबसायिहरूलाई आग्रह गरे ।

राजस्व उपशाखा प्रमुख नारायण प्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।