चितवन । वर्ड एजुकेशन सोसाईटी चितवनले प्रत्यक शनिवार विभिन्न स्थानहरुमा स्कुलका विद्यार्थी र चरा अवलोक गर्न चाहनेहरुलाई चरा अबलोकन गराउदै आएको छ ।
त्यसैलाई निरन्तरता दिदै शुक्रवार र शनिवार दुईदिन चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी र चिसापानी टारमा चरा अवलोकन गरेकोछ ।

उपरदाङगढी र चिसापानी टार अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण पक्षी एरिया साथै तीमध्ये नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर र अन्य दुर्लभ चरा पाईने भएकाले आयोजक वर्ड एजुकेशन सोसाईटी सहित १२ जना सहभागी भएको सोसाईटीका सचिव प्रकाश चापागाईले जानकारी दिए ।
काँडेभ्याकुर चरा सबैभन्दा धेरै पाइने क्षेत्र यही हो । अङ्ग्रेजीमा यस्को नाम स्पाइनी ब्याब्लर हो । काँडेभ्याकुर, हिमालयन कुटिया, रेड फेस लियोसिसिला लगाएत अन्य ९० प्रजातिका चराहरु भेटिएको सोसाईटीका सदस्य शीरलाल परियारले जानकारी दिए ।


उनले पछिल्लो समय जैविक विविधतामा समस्या आउन थालेको भन्दैसंरक्षणमा सरोकारवाला लाग्नुपर्ने बताए । उनले चराको बासस्थान मासिँदै गएकाले चरा संरक्षणका विषयमा नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने आवश्यक औँल्याए ।
यस क्षेत्रमा बारैमासे विभिन्न प्रजातिका चराहरु देख्न पाईने भएकाले यस चरा हेर्न विश्वका विभिन्न देशबाट पंक्षीप्रेमी पर्यटक नेपालमा आउने गरेको उनको भनाई छ ।

पक्षी बिद बद्री चौधरीको नेतृत्वमा नेचरगाईडका अध्यक्ष, सदस्य तथा चरा अवलोकन गर्न मन पराउनेहरुले चरा अवलोकन गरे । सौराहाको होटल पार्क साईडले भने चरा अवलोकनका लागि यातायातको व्यवस्था गरेको थियो ।








