बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

खोलेसिमल बजारका व्यवसायिलाई करदाता सचेतना

Share:
683

चितवन । स्थानीय व्यवसायी तथा सर्वसाधारणमा करसम्बन्धी सचेतना फैलाउने उद्देश्यले खोलेसिमल बजार व्यवस्थापन समितिको वार्षिक साधारणसभामा करदाता सचेतना कार्यक्रम गरिएको छ ।

खोलेसिमल बजार व्यवस्थापन समितिको आयोजना तथा कालिका नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा सचेतना कार्यक्रम गरिएको हो ।

खोलेसिमल बजारका व्यवसायीहरुलाई कालिका नगरपालिकाका बरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालले करसम्बन्धी प्रशिक्षण दिएका थिए । व्यवसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारवाही, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी विभिन्न जानकारी गराएका थिए । व्यवसायीहरुले कर सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए ।

उनीहरुले व्यवसाय दर्ता र कर तिर्दा पर्ने समस्या उठाएका थिए । व्यवसायीहरुले राखेको जिज्ञासामा कडुवालले व्यवसायीलाई आफुले गरेको व्यवसायको हिसाब किताब चुस्त दुरुस्त राख्न आग्रह गरे । उनले व्यवसायीलाई जरिवाना तिराउनु भन्दा पनि कर सम्बन्धी सचेतना दिनु प्राथामिकता रहेको बताए ।

आफ्नो व्यवसायको कर अधिकृत स्वंय आफै रहेकाले करसम्बन्धी जानकारी आफैले लिनुपर्ने कडुवालको भनाई छ । करका विषयमा अझै पनि गलत भ्रम रहेकाले त्यसलाई चिरी करको दायरामा आउदा हुने फाइदाको बारेमा व्यवसायीलाई जानकारी गराइएको थियो । व्यवसायीलाई करसम्बन्धी उचित ज्ञान नहुँदा धेरै समस्या पर्ने भएकाले कर शिक्षाले त्यसको अत्य गर्ने उनले बताए ।

उनले व्यवसायीले कर तिर्नुसँगै आफनो व्यवसाय गर्दा आवश्यक पर्ने कागजपत्रमा स्पष्ट देखिने गरी राख्नु पर्नेमा जोड दिए । पालिका भरका व्यवसायलाई शुष्म तरिकाले अनुगमन गरिरहेको बताए । राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्य रहेको उनको भनाई छ ।

उनले आफनो व्यवसाय गर्दा दर्ता नविकरणदेखि राजस्व सम्बन्धी ज्ञान पनि हुनुपर्नेमा जोड दिए । कर सम्बन्धी आइपर्ने समस्याहरुको बारेमा धेरै जिज्ञासाहरु आउने गरेकाले बेला बेलामा कालिका नगरपालिकाले करदाता शिक्षा कार्यक्रम गर्दै आएको बरिष्ठ लेखा अधिकृत प्रसाद कडुवालले बताए ।

खोलेसिमल बजार व्यवस्थापन समितिकी अध्यक्ष सबिता अधिकारी वाग्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख प्रमुख अतिथि, बिशिष्ट अतिथि उपप्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाई, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, बजार व्यवस्थापन समितिका सचिव नविन अधिकारी, खोलेसिमल बजारका २ सय जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।