बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

प्यारागन सेकेन्डरी स्कुलका विद्यार्थीले गरे चरा अबलोकन

Share:
481

रत्ननगर, बैशाख ३१ । ‘बुक फ्रि डे’ अन्तर्गत रत्ननगर- १० मा रहेको प्यारागन सेकेन्डरी स्कुलमा अध्ययनरत कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई वर्ड एजुकेशन सोसाईटीले बुधवार बिसहजारी ताल र भरतपुर महानगरको बाटुली पोखरीमा चरा अबलोकन गराएकोछ ।

चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ भन्ने उद्धेश्यले वर्ड एजुकेशन सोसाईटीले बुधवार विद्यार्थीहरूलाई चरा अवलोकन गराएको हो । वर्ड एजुकेशन सोसाईटीले हरेक शनिवार फरक फरक स्थानमा चराहरु अबलोकन गराउदै आइकोछ । विभिन्न विद्यालयहरुमा पुगी सोसाईटीले चरा संरक्षण सम्बन्धी सचेतना फैलाउदै आएको छ ।

गत वर्षदेखि प्रत्यक महिनाको अन्तयमा नर्शरी देखि कक्षा १० सम्मका विद्यार्थीलाई ‘बुक फ्रि डे’ गराउदै आएको प्यारागन बिद्यालयले सोही अन्तर्गत यो वर्षको पहिलो कार्यक्रम अन्तर्गत बिसहजारी ताल र बाटुली पोखरीमा चरा अबलोकन गराईएको बिद्यालयका सह-प्राचार्य ओम राज आचार्यले जानकारी दिए ।

चरा अवलोकन गराए पश्चता नेचर गाईडहरुले देखिएको चराहरुको लिष्ट उपलव्ध गराएको सोसाईटीका सदस्य शीरलाल परियारले जानकारी दिए । अब आउने शनिवार वर्ड एजुकेशन सोसाईटीले चितवनको उपरदाङगढीमा चरा अवलेकन गराउने कार्यक्रम रहेको उनले बताए ।

वर्ड एजुकेशन सोसाईटीका सचिव प्रकाश चापागाई, कोषाध्यक्ष चन्द्रमणी गौली, सदस्य शीरलाल परियार, दिपक चौधरी लगाएतले विद्यार्थीहरुलाई चरा अवलोकन गराएका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।