बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

चितवनको खैरहनीमा धारिलो हतियार प्रहारबाट ४ जना गम्भीर घाइते

Share:
2785

चितवन, ३० बैशाख । पुर्वीचितवनको खैरहनीमा एक समुहले धारिलो हतियार प्रहार गरि ४ जनालाई घाइते बनाएका छन् ।

खैरहनी- ८ स्थित आहार क्याफेमा खाजा खाना गएकाहरु माथी एक्कासी बाहिरबाट आएर एक समुहले धारिलो हतियार प्रहार गरेको हो । धारिलो हतियार प्रहारबाट ४ जना घाइते भएको प्रहरीले जनाएको छ । गैंडाकोट घर भएका सरोज क्षेत्री लगायतको ३/४ जनाको समुहले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट राप्ती नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २८ को दिपेन्द्र सिंह गोले , राप्ती न.पा.२ बस्ने बर्ष २८ को गणेश लामा , खैरहनी न.पा.९ सिमलटाँडी बस्ने बर्ष २७ को अमृत आचार्य र खैरहनी ७ को ३० वर्षीय रोशन आचार्य घाइते भएका छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

घाइतेहरुमध्य गोलेको हातमा गहिरो चोट रहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था मध्यम र सामान्य रहेको छ ।

प्रहरीले राप्ती न.पा. ४ भवानीपुर बस्ने वर्ष २९ को मिलन रुम्बा र सोही स्थानका २९ वर्षिय विशाल लामालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।