आइत, जेष्ठ २४, २०८३
Search
आइत, जेष्ठ २४, २०८३

आज २०८२ साल वैशाख ३० गते मंगलबारको राशिफल

Share:
409

आज २०८२ साल वैशाख ३० गते मंगलबार। जेठ कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ मे १३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। निर्णय गर्ने क्षमताको विकास हुनेछ। दीर्घकालीन योजनामा समय खर्चिए सफलता प्राप्त हुनेछ। विपक्षी शान्त रहेकाले हरेक काममा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। अध्ययन अध्यापनमा जोस र जागर बढ्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुहोला।

मिथुन : साना कुरामा आक्रेश व्यक्त नगर्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँग समय बिताउनुपर्ने भएकाले धैर्यताको खाँचो देखिन्छ। अध्ययनमा जोस र जागर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ।

कर्कट : पुराना मानिससँगको भेटले नयाँ योजना बन्नेछ। धार्मिक अभियन्तासँगको सहकार्यले फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा घाटा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

सिंह : खानपानमा समस्या हुने जोखिम छ। राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुनेछ। विपक्षी सक्रिय रहेकाले घेराबन्दीमा पर्ने जोखिम छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : सहकार्यबाट अगाडि बढ्नुपर्ने दिन छ। परिवारलाई ठुलो विश्वास नगर्नु उचित हुनेछ। हरेक ठाउँमा कर्तव्य मात्र पूरा गर्नुपर्नेछ। राज्यमा सेवाको अवसर मिल्ने भएकाले सदुपयोग गर्नुपर्नेछ।

तुला : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। मन खुशी हुने दिन छ। स्वास्थमा सुधार हुँदै जानेछ। परिवारको मायाले सोचेको काम सफल बन्नेछ।

वृश्चिक : तपाईंको राशिमा उदयमान चन्द्रमा पुगेका छन्। महत्त्वपूर्ण निर्णय लिन हिम्मत गर्नुपर्नेछ। विपक्षी साथीको साथ मिल्दा महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्धमा भने खटपटी बढ्नेछ।

धनु : सोचेका काममा अवरोध सिर्जना हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट भने आंशिक फाइदा हुनेछ। राज्यको तर्फबाट प्राप्त हुने सेवाबाट बन्चित बन्नुपर्ने जोखिम छ।

मकर : दिन राम्रो छ। साथीभाइ दाहिना छन्। आफ्नो काम बन्नेछ। राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा आकर्षण बढ्नेछ।

कुम्भ : धार्मिक क्षेत्रमा सहभागी हुँदा फाइदा हुनेछ। सानो कुराले मन अशान्त बन्नेछ। तर्क धेरै नगर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंले उठाएको सवालको सम्बोधन हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : तपाईंले गरेको मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानीका दृष्टिले तपाईंको योजना सफल बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुन नसक्दा मन अशान्त बन्नेछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।