बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु

Share:
320

नयाँदिल्ली, बैशाख २९ । भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ राज्यमा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा नौ महिला र एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा अन्य १४ जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

राज्यको राजधानी रायपुर नजिकै शनिबार राति ११ बजे दुर्घटना भएको हो । आफन्तको घरमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्कँदै गर्दा उक्त दुर्घटना भएको थियो । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

राज्यका पूर्व मुख्यमन्त्री भूपेश बघेलले हालैका वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको बताउँदै राज्य सरकारलाई यस्ता दुर्घटनाहरू रोक्न र मानव जीवन बचाउन कदम चाल्न आग्रह गरे। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।