आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

इंग्लिस प्रिमियर लिग : न्यु क्यासलसँग चेल्सीको हार

Share:
251

बैशाख २९ । इंग्लिस प्रिमियर लिग फुटबलमा न्यु क्यासल युनाइटेडसँग चेल्सी स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा न्यु क्यासलले चेल्सीलाई २–० गोलले हराएको हो ।

चेल्सीका लागि सान्ड्रो ट्रोनालीले खेलको दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ९०औँ मिनेटमा ब्रुमो गुइमारेसले एक गोल थप्दै चेल्सीलाई २–० गोलको जित दिलाए ।

खेलको ३६औँ मिनेटमा निकोलस ज्याक्सनले रातो कार्ड पाएर बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

यो जितसँगै ३६ खेलबाट ६६ अङ्क जोडेको न्यु क्यासल तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित भएको चेल्सी समान खेलबाट ६३ अंकका साथ पाँचौँ स्थानमा छ ।

आइतबार भएका अन्य खेलमा वेस्टहामले म्यानचेस्टर युनाइटेडलाई २–० तथा क्रिस्टल प्यालेसले टोटनहम हट्सपरलाई २–० ले हराए ।

नटिङ्घम फरेस्ट र क्रिस्टल प्यालेसले २–२ गोलको बराबरी खेले । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।