चितवन । माधवपुर गाेल्डकपकाे मिति परिवर्तन भएकाे छ । नयाँ खेल तालिका पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने भएको हाे ।
विविध कारण केही समयकाे लागि गाेल्डकप स्थगित गरिएको आयोजक माधवपुर खेलकुद विकास समितिले जनाएको छ । गाेल्डकप माधवपुर खेलकुद मैदानमा यही बैशाख २९ गते देखि सुरु हुने तय थियो ।
माधवपुर गोल्डकप अर्काे सुचना जारी नहुदा सम्म विविधकारण स्थगित गरिएकाे खेलकुद विकास समितिका अध्यक्ष गणेश तामाङले जानकारी दिनु भएकाे छ ।
रत्ननगर नगरपालिका वडा नं. १५ को संरक्षकत्वमा हुने प्रतियोगितामा विजेताले २ लाख २२ हजार २ सय २२ तथा दोस्रो हुने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।








