आइत, बैशाख ६, २०८३
Search
आइत, बैशाख ६, २०८३

कालिकामा बजार व्यवस्थापन समितिसंग अन्तरक्रिया

Share:
427

चितवन, बैशाख २८ । व्यवसायिहरुलाई करको दायरामा ल्याउन साथै बजारहरुलाई व्यवस्थित र सुन्दर बनाउन चितवनको कालिकामा बजार व्यवस्थापन समितिसंग अन्तरक्रिया गरिएको छ ।

कालिका नगरपालिका राजस्व परामर्श समितिको आयोजनामा नगर भित्रका बजार व्यवस्थापन समितिका पदाधिकारीहरुसंग अन्तरक्रिया गरिएको हो ।

राजस्व परामर्श समितिकी संयोजक तथा नगर उपप्रमुख बिमला तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बिनोद रेग्मी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले कालिका नगरपालिकाले यहाँका व्यवसायिहरुको हितको लागि कस्तो किसिमको राजस्व निर्धारण गर्दा राम्रो हुँन्छ, अन्तरक्रियामा भएको व्यवसायिहरुको सल्लाह, सुझावलाई लागु गर्ने बताए ।

उनले भने, “नगरपालिकाले कुनैपनि व्यापारिलाई असर पर्नेगरी गतिबिधिहरु जानेर वा नजानेर पनि भईरहेको हुन सक्छ, आगामी दिनहरुमा यस्ता किसिमका क्रियाकलापहरु सच्याउदै जानेछौं, कतिपय हाटबजार र व्यापारीहरुबिच थोरै समसयाहरु भएकाले आगामी दिनहरुमा सच्याउदै जान्छौ ।”

नगर भित्रका ठेला, रिक्सा व्यापारीहरु रोजी रोटीका लागि कार्यहरु गरिहेको हुँनाले उहाँहरुको लागि कस्ता किसिमका व्यवस्थापन गर्नुपर्ने हो यस विषयमा सोच्नुपर्ने बताए ।

कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारीहरुको जिज्ञासा राजस्व परामर्श समितिका सदस्य सचिव तथा बरिष्ठलेखा अधिकृत ऋषि प्रसाद कडुवालले सम्बोधन गरेका थिए ।

कार्यक्रममा राजस्व परामर्श समितिका सदस्य सन्तवीर स्यङदान, ज्योति सुनार, जनक श्रेष्ठ, आर्थिक बिकास शाखा प्रमुख प्रकाश चन्द्र पौडेल गलाएतको उपस्थिति रहेको थियो ।

राजस्व उपशाखा प्रमुख नारायण प्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रममा राजस्व परामर्श समितिका सदस्य सचिव तथा बरिष्ठलेखा अधिकृत ऋषि प्रसाद कडुवालले स्वागत मन्तव्य राखेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।