बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

घुमौ सौराहा अभियान : कर्णालीबासीलाई सौराहा भ्रमण गर्न निम्तो

Share:
298

रत्ननगर, बैशाख २८ । चितवनको पर्यटकीय नगरी सौराहाका व्यवसायीहरुले सौराहा भ्रमण गर्न कर्णाली प्रदेशबासीहरुलाई निम्ता दिएका छन् ।

स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ चितवनको नेतृत्वमा सुरु भएको घुमौ सौराहा अभियान लिएर सुर्खेत पुगेको टोलीले हात्ती चढेर गैंडा हेर्न सौराहा आउन कर्णाली प्रदेशबासीलाई निम्ता दिएका हुन् ।

अभियानमा सहभागी टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल सहित सम्पूर्ण प्रदेशबासीलाई सौराहा भ्रमणको निम्ता दिइएको संघका महासचिव महेश खनालले जानकारी दिए ।

सौराहा सहित चितवनको पर्यटनसंग कर्णालीलाई जोडेर दुबै प्रदेशमा पर्यटन विकासको लागि प्रर्वद्धनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

सो अबसरमा मुख्यमन्त्री यामलाल कंडेलले सौराहा र कर्णालीका पर्यटकीय स्थलहरुलाई जोड्न आग्रह गर्दै कर्णालीमा अद्भूत प्राकृतिक सम्पदा रहेको बताए ।

कर्णालीका पर्यटकीय स्थल पर्यटकको पर्खाइमा रहेको बताउदै सौराहा आउने पर्यटकलाई कर्णाली ल्याउने गरी संस्थागत सम्बन्ध स्थापित गर्न मुख्यमन्त्री कंडेलले प्रस्ताव गरे ।

उनले पर्यटन व्यवसायीहरुलाई कर्णालीमा व्यवसाय विस्तार गर्न आग्रह गर्दैै कर्णालीमा आउने लगानीकर्तालाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाए ।

कार्यक्रममा क्षेत्रीय होटल व्यवसायी संघ चितवन–सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेले कोरोनापछिको समयमा स्वदेशी पर्यटकको संख्यामा आएको गिरावटले उद्योग प्रभावित भएको भन्दै सौराहाको प्रवद्र्धन गर्न यो अभियान सञ्चालन गरिएको बताए ।

सौराहा पर्यापर्यटन र साँस्कृतिक हिसाबले आकर्षक गन्तव्य रहेको बताउँदै अध्यक्ष पाण्डेले सौराहा घुम्नका लागि कर्णालीवासीलाई आग्रह गरे ।

उनले कर्णाली प्रदेशमा पनि पर्यटन अपार संभावना रहेको चर्चागर्दै सौराहा र कर्णालीलाई जोड्ने योजना बनाउने प्रतिबद्धता जनाए ।

अध्यक्ष पाण्डेले नेपाल आउने कुल पर्यटकमध्ये १० प्रतिशत मात्रै कर्णाली ल्याउन सके पनि कर्णालीको पर्यटन क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने दाबीगरे ।

कर्णालीका पर्यटन व्यवसायीहरूसँग सहकार्य गर्दै काम गर्न आफूहरु तयार रहेको उनले बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीका पर्यटन व्यावसायीहरु अभियानको साथमा रहेको प्रतिबद्धता जनाए ।

उनले कर्णालीको प्रर्यटन प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्न पनि आग्रह गरे ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले देशको कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रको सहभागिताबाट मात्रै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

पर्यटन तथा जलविद्युत क्षेत्रबाट आन्तरिक राजस्व संकलनमा सरकारलाई प्राथमिकता दिन आग्रह गरे । रेवान सौराहाका पूर्व अध्यक्ष राजन भट्टले आन्तरिक पर्यटनको विकासको लागि तीनै तहको सरकारले चासो दिनुपर्नेमा जोड दिए ।

क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाका उपाध्यक्ष तथा अभियानका संयोजक गुणराज थपलियाले सौराहा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मुख्य प्रवेशद्वार रहेको भन्दै सौराहामा हात्ती चढेर गैंडा हेर्न सकिने बताए ।

सौराहामा हाल १५० भन्दा बढी होटल, १०० वटा रेस्टुरेन्ट, ९ हजार बेड क्षमता, ठूलो संख्यामा जिप सफारी सेवा, सरकारी तथा निजी गरी ११६ वटा हात्ती र एक हजारदेखि २५०० क्षमताका सभाहलहरू रहेको उनले जानकारी दिए । बैशाख २५ गतेबाट सुरु भएको घुमौ सौराहाको अभियान तीन प्रदेशमा पुग्ने छ ।

पहिलो बद्रिया, दोस्रो दिन महेन्द्रनगर र तेस्रो दिन सुर्खेत पुगेर सौराहा भ्रमण गर्न आउन निम्ता दिएको हो । अभियान अन्तर्गत पश्चिम नेपालको यात्रा ३० गते सम्म जारी रहेको छ ।

वि.सं. २०३० सालमा चितवन राष्ट्रिय निकुञ्जको घोषणा भएर २०३१ साल देखि चितवन, सौराहा र मेघौली क्षेत्रमा टेन्टबाट पर्यटन व्यवसाय विकास र प्रवद्र्धनको सुरुवात भएको इतिहास छ ।

सौराहामा थारु संस्कृति झल्कने कटेज शैलीका होटेलहरूको साथै पश्चिमी शैलीको होटल र रिसोर्टहरू, रेस्टुरेन्टहरू, इन्टरनेट क्याफेहरू, र उपहार पसलहरूले भरिएको सानो शान्त शहरमा परिणत हुँदै गएको छ ।

सौराहासंग जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटे बाघ, दुर्लभ एक सिंगे गैंडा, भालु, चितुवा, मगर गोही, घडियाल गोही, गौर गाई, निलगाइ, जंगली हात्ती र बाँदरहरू र सयौं प्रजातिका चराहरू र पुतलीहरू छन् ।

सौराहामा पर्यटक भित्र्याउन हरेक बर्ष चितवन हात्ती तथा पर्यटक महोत्सव र सौराहा फुड फेस्टिबल आयोजना हुँदै आएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।