बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

कालिका नगरपालिकाको शिक्षा क्षेत्रमा उदाहरणीय कार्य : सुधार र नवप्रवर्तनको यात्रामा अगाडि

Share:
360

चितवन । शिक्षा क्षेत्रको गुणस्तर वृद्धि तथा व्यवस्थापन सुधारका लागि चितवनको कालिका नगरपालिकाले पछिल्लो समय उल्लेखनीय कामहरू गर्दै आएको छ। शिक्षाको समग्र सुधारलाई लक्ष्य बनाएर नगरपालिकाले नेपालमै पहिलो पटक मासिक रूपमा शिक्षक तथा कर्मचारीको व्यक्तिगत खातामा तलब व्यवस्थापन गर्ने प्रणाली लागू गरेको छ, जुन एउटा अनुकरणीय अभ्यासका रूपमा हेरिएको छ।

नगरपालिकाले वाल विकास केन्द्रमा भर्ना हुने प्रत्येक विद्यार्थीलाई प्रतिमहिना रु. एक हजार उपलब्ध गराउँदै आएको छ भने विद्यालयहरूलाई वार्षिक उत्सव मनाउन अनिवार्य बनाउँदै आर्थिक सहयोग पनि प्रदान गर्दै आएको छ। यस्तै, शुक्रवारलाई ‘बुकलेस डे’ घोषणा गरिँदा विद्यार्थीहरूलाई सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउने लक्ष्य राखिएको छ।

शिक्षक व्यवस्थापनमा समेत नगरपालिका अग्रसर देखिएको छ। नगर स्वयंसेवक शिक्षकको व्यवस्था गरिएको छ, जसलाई निरन्तरता दिनुपर्ने देखिएको छ। साथै, प्रधानाध्यापकहरूलाई डायरी र झोला वितरण गरिएको छ भने लेखापाल तथा प्रधानाध्यापकहरूलाई लेखा व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ।

कक्षा ८ को आधारभूत तहको परीक्षा सञ्चालनको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिएको छ। केही विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ भने वाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूको थप तलब समेत नगरपालिका आफैंले व्यवस्थापन गर्दै आएको छ।

‘मेयर केयर’ तथा ‘बालबालिकासँग उपमेयर’ कार्यक्रमजस्ता विद्यार्थी अभिमुखी कार्यक्रमहरू सञ्चालनमा छन्। डिजिटल हाजिरी प्रणालीको व्यवस्थापन र विद्यालयहरूमा स्मार्ट टिभी वितरणले शिक्षालाई प्रविधिमैत्री बनाउन योगदान पुर्‍याएको छ।

दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिँदै जीर्ण संरचनाहरूको सुधार र नयाँ भौतिक पूर्वाधार निर्माणमा समेत नगरपालिका सक्रिय रहेको छ। वार्षिक शैक्षिक क्यालेन्डर निर्माण र वितरण नगरपालिकाको योजनाबद्ध शिक्षामा प्रतिबद्धता दर्शाउने अर्को पाटो हो।

यी सम्पूर्ण प्रयासहरूले कालिका नगरपालिकालाई शिक्षा क्षेत्रमा एक नमूना नगरपालिका बनाउँदै लगेको छ। यदि यी कार्यक्रमहरूको निरन्तरता र प्रभावकारी कार्यान्वयन कायम राख्न सकियो भने यहाँको शिक्षामा आमूल परिवर्तन सम्भव देखिन्छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।