रत्ननगर, बैशाख २७ । सेभ वर्ड, सेभ ब्युटी अफ द स्काई अन्तर्गत रत्ननगर- ७ मा रहेको ग्रिन सोसाईटी पब्लिक स्कुलमा अध्ययनरत कक्षा ८ र ९ मा विद्यार्थीहरूलाई वर्ड एजुकेशन सोसाईटीले शनिवार बिसहजारी तालमा चरा अबलोकन गराएकोछ । चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ भन्ने उद्धेश्यले वर्ड एजुकेशन सोसाईटीले शनिवार विद्यार्थीहरूलाई चरा अवलोकन गराएको हो ।
वर्ड एजुकेशन सोसाईटीले हरेक शनिवार फरक फरक स्थानमा चराहरु अबलोकन गराउदै आइकोछ । विभिन्न विद्यालयहरुमा पुगी सोसाईटीले चरा संरक्षण सम्बन्धि सचेतना फैलाउदै आएको छ ।

चरा अवलोकन गराए पश्चता नेचर गाईडहरुले देखिएको चराहरुको लिष्ट उपलव्ध गराएको विद्यालयका म्यानेजमेन्ट डाईरेक्टर शीरलाल परियारले जानकारी दिए । अब आउने शनिवार वर्ड एजुकेशन सोसाईटीले चितवनको उपरदाङगढीमा चरा अवलेकन गराउने कार्यक्रम रहेको बताए ।
ताल वरिपरी विद्यार्थीहरूलाई चरा बचाउनुपर्छ सम्बन्धी ज्ञान दिन चरा अबलोकन गराईएको विद्यालयका प्राधानाध्यापक किरण भुषाले जानकारी दिए ।
वर्ड एजुकेशन सोसाईटीका अध्यक्ष बिजय गिरी, सचिव प्रकाश चापागाई, कोषाध्यक्ष चन्द्रमणी गाउली, पूर्व अध्यक्ष टेक वहादुर गुरु, संस्थापक अध्यक्ष कपिल पोखरेल लगाएतले विद्यार्थीहरुलाई चरा अवलोकन गराएका थिए ।









