बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

युवाहरुलाइ सीप सिकाउदै चितवनको राप्ती वडा नं. ८

Share:
641

राप्ती, बैशाख २७ । पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८को वडा कार्यालयले २०० जना भन्दा बढी युवालाई सिपमुलक तालिम सञ्चालन गरेको छ। वडा कार्यालयले आर्थिक वर्ष २०८१र८२ को बजेट बाट ७० जना युवाहरुलाइ कफि मेकर (बारिस्टा), ३० जनालाई ब्युटिसियन र वैदेशिक रोजगार वोर्डको सचिवालय, प्रदेश युवा परिषद लगाएतका विभिन्न संघसस्थाको सहकार्यमा ४० जना महिलाहरुलाइ सिलाइकटाई, २० जना युवाहरुलाइ बारबर सँगै ४० जना महिलाहरुलाइ बेसिक लेभल ब्युटिसियन तालिम संचालन गरिरहेको छ ।

बेरोजगार युवा र फुर्सदिला महिलालाई लक्षित गरि तालिम सञ्चालन गरिएको हो। सिप सिकाएर युवालाई दक्ष तथा आत्मानिर्भर बनाउन तालिम दिएको वडाध्यक्ष पुर्णप्रसाद आचार्य बताउँछन्। ‘पाँच वर्षभित्र वडाका एक घरमा एक प्राविधिक जनशक्ति तयार पार्ने लक्ष्य छ’, उनी भन्छन्, ‘त्यसैले तीन वर्षदेखि छोटो अवधिको सिपमूलक तालिम निरन्तर चलाइरहेका छौँ।’ गत वर्ष पनि वडा कार्यालयले ५० जनालाइ हलुका सवारी चालक तालिम तथा ८० जना युवाहरुलाइ कुक तालिम संचालन गरेको अध्यक्ष आचार्यले बताए । ‘बजारको माग अनुसारको जनशक्ति तयार गर्न सिप सिकाउदैछौँ’, उनले भने, ‘दक्ष भएपछि काम सहजै पाउन सकिन्छ।’ तालिमको सदुपयोग गरी व्यवसाय सञ्चालन गर्न वडा बाट नगरपालिका संग समन्वय गरि अनुदान समेत उपलब्ध गराउने उनले सुनाए।

अध्यक्ष आचार्य युवाहरु वैदेशिक रोजगारमा नगएर आफनै भुमीमा केही गर्ने सपना देखुन भन्ने चाहान्छ्न । अबको वर्षमा शिपमुलक कार्यक्रमहरुलाइ निरन्तर दिदै विभिन्न युवा लक्ष्यित कार्यक्रमहरु संचालन गर्ने राप्ती ८ का वडा सदस्य दिपक अधिकारीले बताए । उनले युवाहरुलाई यहि देशमा सपना देखाउन विभिन्न करियर काउसिलिङ, वडा युवा सम्मेलन, वडा कप खेलकुद प्रतियोगिता जस्ता गतिविधीहरु आगामी वर्ष संचालन गर्ने वडाको योजना रहेको सुनाए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।