आइत, जेष्ठ २४, २०८३
Search
आइत, जेष्ठ २४, २०८३

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

Share:
285

काठमाडौं, बैशाख २६ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको सुरक्षाका लागि सरकार सचेत रहेको जनाएको छ ।

भारतसँगको बढ्दो पछिल्लो तनावलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकार पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपालीको सुरक्षाका लागि सचेत रहेको जनाएको हो ।

‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’

परराष्ट्र मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परे नेपाली विद्यार्थी र विद्यार्थीका अभिभावकले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्नसक्ने पनि व्यवस्था मिलाएको छ ।

मन्त्रालयले उनीहरूको सहजताका लागि नेपाली राजदूतासका तृतीय सचिव वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुदसँग टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।