बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

गाजामा नरसंहार अन्त्य गर्न राष्ट्रसङ्घीय विज्ञहरूको आह्वान

Share:
305

बैशाख २५ । संयुक्त राष्ट्रसङ्घसँगका विज्ञहरूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको ‘विनाश’ रोक्ने कार्य गर्न विश्वभरका सदस्य देशहरूलाई आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्का विज्ञहरूले नरसंहार अन्त्य गरी प्यालेस्टिनी र इजरायली स्वतन्त्रताको सुनिश्चित गर्न कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

उनीहरूले कठोर निर्णयबाट पछि हटी निर्दोषको हत्या नगरी न्यायपूर्ण समाधानको तयारीमा लाग्न आह्नवान गर्दै विवेक र नैतिकतालाई आत्मसाथ गरे अन्ततः न्याय प्राप्त हुने बताएका छन् ।

प्यालेस्टिनी क्षेत्रहरूमा मानव अधिकारको अवस्थाका बारेमा विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानिजलगायतका विज्ञहरूले चिन्ता व्यक्त गर्दै यो भयावह दृश्य ‘विश्वले हेरिरहेको’ र सदस्य राष्ट्रहरूले आफ्नो दायित्व पूरा गरी मानवता विरुद्धको अपराध रोक्न सहयोग गर्ने अपेक्षा गरेका छन् ।

निरन्तरको नरसंहारले इजरायलले गाजामा अनेकौँ आक्रमणमा बाँचेका मानिसहरूलाई विस्थापन र दण्डहीनताको साथ नरसंहार गरी जीवनको विनाश जारी राखेको विज्ञहरूले उल्लेख गरेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि बिहिबारसम्म गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५२ हजार ६५३ पुग्नुका साथै एक लाख १८ हजार ८९७ घाइते भएको जनाएको छ । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।