बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

भारतले ठूलो मूल्य चुकाउनु पर्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

Share:
296

इस्लामावाद, बैशाख २५ । बुधबार बिहान पाकिस्तानमा भएको भारतको हवाई आक्रमणमा मर्ने पाकिस्तानीको सङ्ख्या ३१ पुगेको छ।

मर्ने मध्य एक जना ७ वर्षीय बालकसमेत रहेको जनाइएको छ। बुधबार अबेर पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले देशको नाममा सम्बोधन गर्दै भारतले गल्ती गरेको र यसको मूल्य चुकाउनु पर्ने बताएका छन्।

उनले सीमामा लडाइँ गर्न आफ्नो देश तयार भएको बताउँदै दिल्लीले अस्वीकार गरे पनि आफ्नो देशले जेट खसालेको बताए। उनले सम्पूर्ण पाकिस्तानीले जितका लागि उत्साह देखाउनुपर्ने बताए।

बुधबार साँझ नै पाकिस्तानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिकित्सक र नर्स लगायत स्वास्थ्य क्षेत्रमा रहेका सबै जनालाई बिदा लिनबाट बञ्चित गरेको छ। रासस/सिन्ह्वा

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।