बिहि, जेष्ठ २१, २०८३
Search
बिहि, जेष्ठ २१, २०८३

इन्डोनेसियामा बस र ट्रक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु

Share:
326

बैशाख २४ । इन्डोनेसियाको मध्य जाभा प्रान्तमा आज बिहान एक दुःखद दुर्घटना भएको छ, जहाँ बालुवा बोकिरहेको ट्रक र सानो बस आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

सिलाकाप जिल्लास्थित खोज तथा उद्धार कार्यालयका प्रमुख अब्दुल्लाहका अनुसार यो दुर्घटना बिहान करिब ११ः३० बजे बेनेर उपजिल्लाको कालिजाम्बे गाउँमा भएको हो ।

उनका अनुसार ट्रक उकालो चढ्ने क्रममा असफल भएपछि ब्रेक फेल भई पछाडि सर्‍यो र सानो बसमा ठोक्किएर त्यसपछि नजिकैको एक घरमा ठोक्किएको थियो ।

‘घटनापछि हाम्रो टोली तुरुन्तै घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गर्‍यो,’ अब्दुल्लाहले बताए, ‘मृतक सबै जना सानो बसमा सवार यात्रुहरू थिए ।’

घाइते पाँचै जनाको उपचारका लागि पुरवोरेजो सामान्य अस्पतालमा लगिएको जानकारी पनि उनले दिए । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।