बुध, जेष्ठ २०, २०८३
Search
बुध, जेष्ठ २०, २०८३

भारतको आक्रमणपछि पाकिस्तानले के भन्यो ?

Share:
443

बैशाख २४ । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका विभिन्न स्थानमा बुधबार बिहान हवाई आक्रमण गरेको छ ।

पाकिस्तानले आक्रमणबाट ८ जनाको ज्यानको जानुका साथै ३५ जना घाइते भएको जनाएको छ । अबको केही घण्टामा नै पाकिस्तानको उच्च स्तरीय संयन्त्रको बैठक बस्ने बताइएको छ ।

भारतीय सेनाले भने पाकिस्तानी आक्रमणबाट कश्मिरमा ३ भारतीयको ज्यान गएको जनाएको छ । यस्तै, भारत अधिनस्थ कश्मिरका सबै विद्यालय र कलेज बन्द गरिएका छन् ।

भारतले आक्रमण गरेपछि पाकिस्तानी सञ्चारमाध्यम र पाकिस्तानी सरकारबाट तीन फरक–फरक प्रतिक्रिया सार्वजनिक भएका छन् ।

पहिलो– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले जियो टिभीसँगको कुराकानीमा भारतले उसकै सीमाबाट आक्रमण गरेको बताए ।

‘भारतले आफ्नो हवाई सीमाबाट पाकिस्तानमाथि क्षेप्यास्त्र आक्रमण गरेको छ, जुन सिधै नागरिक क्षेत्रहरूमा खसेका छन्’, उनले भने ।

दोस्रो– आक्रमणका क्रममा पाकिस्तानी सेनाले ५ वटा भारतीय लडाकु विमानहरू खसालेका पाकिस्तानी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

मस्जिदहरूलाई पनि निशाना बनाइएको समाचारमा दाबी गरिएको छ । पाकिस्तानले एलओसी नजिकैका भारतीय चेकपोस्टहरू ध्वस्त पारेको समाचारमा जनाइएको छ ।

तेस्रो– भारतको हवाई आक्रमणपछि पाकिस्तानले स्थान र मृतकको सङ्ख्याबारे विभिन्न दाबीहरू गरेको छ । सुरूमा राति २ बजे पाँच ठाउँमा आक्रमण भएको थियो, जहाँ ३ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

त्यसको तीन घण्टापछि बिहान ५ बजे इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का निर्देशक अहमद शरीफ चौधरीले भारतको हवाई आक्रमणमा ८ जना नागरिक मारिएको बताए । उनले ३५ जना घाइते भएको पनि जनाएका छन् । 

उनका अनुसार भारतले ६ फरक–फरक स्थानहरूमा २४ वटा मिसाइल प्रहार गरेको छ । पीओके र पाकिस्तानका बस्तीहरूलाई लक्षित गरिएको उनको दाबी थियो । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।