बिहि, बैशाख १०, २०८३
Search
बिहि, बैशाख १०, २०८३

कालिकाले सामुदायिक विद्यालयलाई दियो १३ थान कम्प्युटर

Share:
639

सञ्जय चौधरी, चितवन । डिजिटल शिक्षण सिकाईमा सहज पुर्‍यााउने उद्देश्यले चितवनको कालिका नगरपालिकाले पहाडी भेगका विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेकोछ ।

आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट सामुदायिक विद्यालयहरुमा कम्प्युटर र प्रिन्टरको अभावमा डिजिटल शिक्षण सिकाईमा समस्या भईरहेको समयमा सहजकिरणका कालिका ९, १० र ११ का १३ वटा विद्यालयलाई १/१ थान गरी १३ थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।

श्री राष्ट्रिय आधारभूत विद्यालय दौतेस कालिका-११, श्री राष्ट्रिय आधारभूत विद्यालय छेरेवाङ कालिका-१०, श्री महाकाली आधारभूत विद्यालय कोलार कालिका- ९, कालिका आधारभूत विद्यालय निबुवाटार कालिका-१०, श्री आधारभूत विद्यालय लोतन्ति कालिका-१०, श्री दक्षिणकाली आधारभूत विद्यालय बाङखोला कालिका-११, श्री राष्ट्रिय आधारभूत विद्यालय लटौली कालिका-११, श्री चित्राम राष्ट्रिय आधारभूत विद्यालय मेक्छेकोङ कालिका-११, श्री राष्ट्रिय आधारभूत विद्यालय देउजर कालिका-११, श्री राष्ट्रिय आधारभूत विद्यालय सुपार कालिका-९, श्री शुभशान्ति राष्ट्रिय आधारभूत विद्यालय सैपाम कालिका-११ र श्री राष्ट्रिय आधारभूत विद्यालय कल्याणचौर कालिका-११ लाई १/१ थान कम्प्युटर हस्तान्तरण गरिएको नगर प्रमुख रेग्मीले जानकारी दिए । बाँकी रहेको १ वटा विद्यालयलाई केही समयपछि कम्प्युटर हस्तान्तरण गरिने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले बालबालिका भोलिको राष्ट्र निर्माणका लागि मानव पुँजी भएकाले विद्यालय पुर्‍याउनु मात्र दायित्व होइन, विद्यालयलाई उपयुक्त शिक्षा दिलाउन सक्ने व्यवस्थापन गर्ने दायित्व सबैको रहेको बताए ।

अहिलेको बिषम परिस्थितिमा विद्यार्थीहरुलाई प्रविधियुक्त दूर शिक्षा आवश्यक रहेकोले नगरले कम्प्युटर हस्तान्तरणमार्फत सहयोगको सुरुवात गरेको बताए । आगामी दिनमा पनि विद्यार्थी वा विद्यालयको हितमा निरन्तर काम गर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, वडा नं. ३ का वडा अध्यक्ष विरेन्द्र तामाङ, वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवाल, प्रशासन शाखा प्रमुख राम प्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्राधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

शिक्षा युवा तथा खेलकुद शाखाकी शाखा अधिकृत चन्द्रा देवी शर्माले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।