आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

आईपीएल : पानी परेपछि दिल्लीसँग अंक बाँड्दै बाहिरियो हैदरावाद

Share:
295

बैशाख २३ । दिल्ली क्यापिटलसँगको खेल पानीले अवरुद्ध भएपछि अंक बाँड्दै सनराइजर्स हैदरावाद यो सिजनको इीन्डयन प्रिमियर लिग ९आईपीएल०बाट बाहिरिएको छ। ११ खेलमा तीन जित, सात हार सहेको हैदरावाद तीन खेल खेल्नु अगाडि नै आईपीएलबाट बाहिरिएको हो। हैदरावादले दिल्लीसँग अंक बाँडेपछि सात अंक बनाएको छ।

हैदरावादका प्याट कुमिन्सले सुरुवाती ३ ओभरमा नै ३ विकेट लिएको खेलमा दिल्ली १३३ रनमा सीमित भएको थियो। १३४ रनको झिनो लक्ष्य पछ्याएको हैदरावादले वर्षाका कारण ब्याटिङ गर्न नै पाएन। कमिन्सले कुल चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए। जयदेव उनादकदले पनि त्यत्तिकै उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १३ रन खर्चेर १ विकेट लिएका थिए।

दिल्लीका शीर्ष पाँच ब्याट्सम्यानमध्ये लोकेश राहुल १० रन जोडे। अन्य चार ब्याट्सम्यानले दोहोरो अङ्क समेत छुन नसकेको खेलमा दिल्लीले २९ रनमा ५ विकेट गुमाइसकेको थियो। ट्रिस्टियन स्टब्स र आशुतोष शर्माले समान ४१–४१ रन प्रहार गरे। स्टब्सले ३६ बलमा चार चौकाको मद्दतमा नटआउट ४१ रन बनाएका हुन्। यी दुई जनाले सातौँ विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए।

हैदरावाद बाहिरिए पनि एक अङ्क दिल्लीका लागि महत्त्वपूर्ण साबित हुन सक्ने छ। सोमबारको खेलमा अंक बाँडेसँगै हैदरावाद पहिलो चरणबाट बाहिरिएको छ भने दिल्ली १३ अङ्क सहित पाँचौँ स्थानमा छ। शीर्ष स्थानका लागि तीव्र प्रतिस्पर्धा छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।