शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

ट्रम्पले भने-तेस्रो कार्यकालमा रुचि छैन

Share:
294

वाशिंटन, बैशाख २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले तेस्राको कार्यकालको इच्छा नराखेको बताएका छन्। आइतबार प्रसारित एक अन्तरवार्तामा उनले आफू दुई कार्यकालका लागि आठ वर्षको राष्ट्रपति भएको बताए। ७८ वर्षीय ट्रम्पले अब अर्को कार्यकालमा रुचि नभएको बताएका हुन्।

ट्रम्पले आफूले तेस्राको कार्यकालको इच्छा नराखेको प्रष्ट पारेका हुन्। यसअघि उनले आफू तेस्रो कार्यकालमा लागि पनि तयार रहेको कुरा जोक मात्र नभएर चौथो कार्यकालसम्म पनि पुग्न सक्ने बताएका थिए।

फ्लोरिडामा उनको निवासमा नै लिइएको अन्तरवार्तामा ट्रम्पले धेरै जना व्यक्ति अझै उनलाई तेस्रो कार्यकालका लागि अनुरोध गर्न आइरहेको भने खुलासा गरेका छन्।

उनले रिपब्लिकमा नै आफ्नो उत्तराधिकारीको खोजी गर्न थालेका छन्। उपराष्ट्रपति जेडी भान्स र विदेश मन्त्री मार्क रुबियो मुख्य दाबेदारको रूपमा रहेका छन्। संविधानको २२ औं संशोधनले कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी राष्ट्रपति हुन नपाउने उल्लेख छ।

संविधान परिवर्तनका लागि संसद्को दुई तिहाइको साथ चाहिन्छ। साथै तीन चौथाइ स्थानीय सरकारको समर्थन पनि चाहिन्छ।

ट्रम्पका धेरै समर्थक भने संविधानमा नै छिद्र भएका कारण कानुनी बहसको विषय बनाउन सकिने बताउँछन्। तर ट्रम्पले यो विषय प्राथमिकतामा नरहेको प्रष्ट पारेका हुन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।