शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

खाद्य स्वच्छता र दानाको गुणस्तर सम्बन्धी अभिमुखीकरण

Share:
307

रत्ननगर, बैशाख १९ । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार खाद्य स्वच्छता र दानाको गुणस्तर सम्बन्धी नयाँ ऐन तथा नियमका बारेमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघको सहकार्यमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले आयोजना गरेको कार्यक्रममा घरेलु तथा ठुला उद्योगका सञ्चालक, कुखुरा, मौरी, केरा तथा माछापालक किसानहरुको सहभागिता रहेको थियो ।

संघका अध्यक्ष शंकर गिरीले खाद्य स्वच्छता र दानाको गुणस्तर कायम गर्न सरकारले जारी गरेको नयाँ ऐन नियमको बारेमा उद्यमी र व्यवसायीलाई ज्ञान दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए ।

संघले व्यवसायिक सुरक्षासंगसंगै सामाजिक उत्तरदायित्व र उद्यमी तथा व्यवसायीलाई ऐन कानुनका बारेमा समेत जानकारी गराउदै आएको बताए ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका प्रमुख काशिनाथ घिमिरेले खाद्य स्वच्छता, गुणस्तर, पोषण तथा नयाँ ऐन नियम, पशु चिकित्सक डा. विष्णुहरि शर्माले पशु स्वास्थ्य, दाना उत्पादन र गुणस्तर र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका अधिकृत दिनेश सुवेदीले दाना ऐन नियम र दाना पदार्थको अनिवार्य गुणस्तरका बारेमा सहजीकरण गरेको थिए ।

उद्घाटन कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका प्रमुख काशिनाथ घिमिरे प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष राजाराम रेग्मीले खाद्य स्वच्छताको विषयमा उद्यमी र व्यवसायीलाई भरपुर ज्ञान हुनुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।