सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

सहकारी पीडितले सरकारको विरोधमा निकाले अर्धनग्न जुलुस

Share:
226

काठमाडौं, बैशाख १५ । लामो समयदेखि आन्दोलित सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलमा जम्मा भएका सहकारी पीडितहरूले अर्धनग्न बनेर प्रदर्शन गरेका हुन् । पीडितहरूले कालो रङको कपडाले शरीरको भाग आधा मात्रै छोपेर प्रदर्शन गरेका हुन् ।

यसो गरेर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध गरिएको जनाएका छन् ।

प्रदर्शनमा सहभागी अरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका थिए । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

उनीहरूले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायत नारा लेखेका प्लेकार्डसहित प्रदर्शन गरे ।

देशभरका सयौँ सहकारी संस्थाको बचत रकम अपचलन हुँदा हजारौँ पीडित छन् । उनीहरू करिब एक वर्षदेखि सडकमा छन् ।

उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर बचत फिर्ता गर्न भनेका छन् ।

अहिलेसम्म सरकारले उनीहरूका सम्बोधन गरेको छैन । २७ दिनदेखि आन्दोलित शिक्षकका मागबारे पनि सरकारले सुनेको छैन ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।