आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

आईपीएलः चेन्नईको मैदानमा सनराइजर्सको पहिलो जित

Share:
189

बैशाख १३ । सन राइजर्स हैदरावादले शुक्रबार चेन्नई सुपर किङ्सको मैदानमा अहिलेसम्मकै पहिलो जित हात पारेको छ।

शुक्रबार कामिन्डु मेन्डिस र हर्सल पटेलको सानदार प्रदर्शन गरेको खेलमा हैदरावाद चेन्नईविरुद्ध पाँच विकेटले विजयी भएको हो। पहिलो पटक चेन्नईका लागि खेली रहेका डेवाल्ड ब्रेभिस र टोलीका कान्छा खेलाडी आयुष माथ्रेले भने राम्रो प्रदर्शन गरे।

हैदरावादले चेन्नईले दिएको १५५ रनको लक्ष्य ८ बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा पूरा गरेको हो। हैदरावादका इशान किसनले ४४ रन जोडे भने मेन्डिसले अविजित रहँदै २२ बलमा ३२ रनको योगदान गरे।

चेन्नईका लागि नुर अहमदले चार ओभरमा ४२ रन खर्चेर दुई विकेट लिए भने अन्सुल खम्बुजले ३ ओभरमा १६ रन खर्चेर एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १५४ रनमा सीमित भएको थियो। उसका लागि ब्रेभिसले ४२ तथा माथ्रेले ३० रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

हैदरावादका पटेलले चार ओभरमा २८ रन खर्चेर चार विकेट हात पारे। उनी प्लेयर अफ द म्याच बने। विजयी हैदरावाद ६ अङ्कसहित आठौँ स्थानमा छ भने पराजित चेन्नई चार अङ्कसहित पुछारमा छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।