सोम, मंसिर १, २०८२
Search
सोम, मंसिर १, २०८२

औलोको जोखिममा कञ्चनपुर

Share:
93

कञ्चनपुर, बैशाख १२ । भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिम बढेको छ । छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले स्थानीय सङ्क्रमणभन्दा आयातित औलो सङ्क्रमित बिरामी बढिरहेको बताए ।

उनले पछिल्ला केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै बताए । उनले औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको भए पनि यसको न्यूनीकरण गर्न कठिनाइ रहेको उल्लेख गरे ।

औलो निरीक्षक भट्टले भने, ‘भारतबाट आउने र शान्ति सेनामा गएर फर्किएकाहरूमा औलो देखिने गरेको छ ।’ उनका अनुसार पश्चिमीनाका गड्डाचौकीमा रहेको हेल्थडेस्कमा औलो परीक्षण हुने गरेको छ । त्यसैगरी ज्वरो आएका बिरामीको समेत सबै स्वास्थ्य संस्थामा औलो परीक्षण गर्ने गरेको उनले जानकारी दिए ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८–७९ मा २९ हजार ४९२ जनाको परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण देखिएको थियो । जसमा पाँच जनामा स्थानीय र ३० जनामा आयातित औलोको सङ्क्रमण देखिएको औलो निरीक्षक भट्टले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७९–८० मा ३० हजार ३६२ जनामा औलो परीक्षण गरिएको थियो । जसमा २८ जनामा औलो सङ्क्रमण देखिएकामा २३ जनामा आयातित औलो देखिएको थियो ।

त्यसैगरी आव २०८०–८१ मा १६ हजार ४६३ जनामा औलो परीक्षण गरिएको थियो । जसमा भारतबाट फर्किएका २५ जनामा सङ्क्रमण देखिएको थियो ।

आर्थिक वर्ष २०८१–८२ को चैत्रसम्म ११ हजार २८९ जनामा परीक्षण गरिएकामा ३५ जनामा औलो सङ्क्रमण देखिएको छ । जसमा ३२ जनामा आयातित र तीन जनामा स्थानीय औलोको सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार रोजगारीका लागि भारत जानेहरू न्यून स्तरको काम गर्ने र त्यहाँ औलो सङ्क्रमण भएपछि उपचार नगरी नेपाल आउने गरेका कारण आयातित औलोको सङ्क्रमण बढ्दै गएको हो । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।