शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

आज २०८२ साल वैशाख १२ गते शुक्रबारको राशिफल

Share:
300

आज २०८२ साल वैशाख १२ गते शुक्रबार। वैशाख कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अप्रिल २५ तारिख। विश्व औलो दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको लागि दिन सामान्य छ। संकटमा साथीको सहयोग प्राप्त हुनेछ। धन र ज्ञान आर्जनका लागि संघर्ष गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ।

वृष : दिन राम्रो छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। तपाईंको विरोध गर्ने साथी कमजोर हुनेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बढी खर्च गर्ने बानीले परिवारमा भने विवाद हुनसक्छ।

मिथुन : तपाईंका लागि आजको दिन राम्रो छ। रोकिएको काम बन्नेछ। परिवारसँग खुशी साट्ने अवसर मिल्नेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। व्यापारमा लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : आजका लागि तपाईंको दिन राम्रो छ। सामाजिक क्षेत्रमा तपाईंको सम्मान हुनेछ। शिक्षामा लगानी गरेको भए उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको नतिजा राम्रो मिल्नेछ। पेट सम्बन्धी समस्या देखिने भएकाले खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ।

कन्या : दिन राम्रो छ। लगानी र श्रमबाट उचित फल प्राप्त हुने योग छ। बोल्दा सोचेर बोल्नु राम्रो हुन्छ। स्वदेशको लगानीमा मन खुशी हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ।

तुला : दिन सामान्य छ। तपाईंका कुरा काट्ने साथी सक्रिय हुनेछन्। आफ्नो श्रमको कदर नहुँदा मन उदास हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीले उत्साह बढाउने छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : श्रम बढी गर्नुपर्ने दिन छ। खानपानकै कारण शरीरलाई रोगले सताउने जोखिम छ। शिक्षामा लगानी गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : दिन संघर्षपूर्ण छ। मिहिनेत गरेमा व्यापारको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा श्रम गरेमा उपलब्धि हात लाग्नेछ। अप्ठेरो परिस्थितिमा मन शान्त बनाएर अगाडि बढ्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन राम्रो छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। व्यापारमा नाफा आर्जन हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। सञ्चित धन खर्च हुनेछ। विश्वास पात्रले धोका दिने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सामान्य छ। धन आर्जन गर्ने समय भए पनि हरेक क्षेत्रमा थप मिहिनेत गर्नुपर्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।