शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

रत्ननगरको झुवानीमा नौमती बाजा बजाउने तालिम

Share:
356

रत्ननगर, बैशाख ११ । रत्ननगर–५, झुवानीका ३० जनालाई नौमती बाजा बजाउने तालिम दिइएको छ ।

सिर्जनशील सामुदायिक सिकाइ केन्द्रको आयोजना एवम् रत्ननगर–५ वडा कार्यालयको आर्थिक सहयोगमा मौलिक लोकबाजा, कला र संस्कृतिको संरक्षणका लागि तालिम सञ्चालन गरिएको हो ।

बिहीबारदेखि सञ्चालित तालिम दुई महिनासम्म सञ्चालन हुने वडाध्यक्ष बालकृष्ण चापागाईंले बताए । संस्कारगत कार्य, सभा, समारोहमा नौमती बाजा बजाउने र पुख्र्यौली नाच्ने कलाकार अभाव हुन थालेपछि तालिम दिइएको वडाध्यक्ष चापागाईंले बताए ।

३० जना सहभागी नौमती बाजा तालिमको जितेन्द्र परियार र रोशन बर्देवाले सहजीकरण गर्नेछन् । उनीहरूले दमाह, ढोलकी, सन्है, ट्याम्को, झ्याली, नरसिङ्गालगायत बाजा बजाउने सीप सिकाउने छन् ।

कार्यक्रममा वडासदस्यद्वय राजेश महतो, ज्ञानु सुनार, नेकपा (माओवादी केन्द्र) का नारायण महतो, झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्याललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सिर्जनशील सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष मीनप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सीप केन्द्रकी परिचालक रविता महतोले गरेका थिए ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।