सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

शनिबारका विदेशी मुद्राको विनिमय दर

Share:
173

काठमाडौं, बैशाख ६ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३० पैसा र बिक्रीदर १३६ रुपियाँ ९० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५५ रुपियाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपियाँ ९६ पैसा र बिक्रीदर १८१ रुपियाँ ७६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रुपियाँ ५८ पैसा र बिक्रीदर १६७ रुपियाँ ३१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८९ पैसा र बिक्रीदर ८७ रुपियाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ३८ पैसा र बिक्रीदर ९८ रुपियाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ९१ पैसा र बिक्रीदर १०४ रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ५८ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६६ पैसा र बिक्रीदर १८ रुपियाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३३ पैसा र बिक्रीदर ३६ रुपियाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३९ पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०८ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ८८ पैसा र बिक्रीदर ३१ रुपियाँ ०२ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ १७ पैसा र बिक्रीदर १४ रुपियाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७६ पैसा र बिक्रीदर २० रुपियाँ ८५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५६ पैसा र बिक्रीदर १७ रुपियाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ५४ पैसा र बिक्रीदर ४४६ रुपियाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ६१ पैसा र बिक्रीदर ३६३ रुपियाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ०३ पैसा र बिक्रीदर ३५५ रुपियाँ ५९ पैसा रहेको छ। यस्तै, केन्द्रीय बैंकले भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ। रासस

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।