शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम

Share:
146
481209363 122201662922243831 6026931739764503080 n

रत्ननगर । रत्ननगर-९ मा रहेको कपरफोरी बालुवाटार विपद् न्यूनीकरण समाजले वडावासिलाई विपद् व्यवस्थापन आधारभूत दुईदिने सिपमूलक तालिम प्रदान गरेको छ ।

रत्नननगर वडा नं. ९ को आर्थिक वर्ष २०८१/०८२ विपद् व्यवस्थापनको बजेटबाट कार्यालयमा सञ्चालित दुईदिने तालिममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपमन्त्री एंव चितवन जिल्ला रेडक्रस विपद् समितिका संयोजक महेश्वर थपलिया र रत्न प्रिय क्लवका अध्यक्ष एंव रत्ननगरका विपद् व्यवस्थापन समितिका सदस्य वसन्त राना मगरले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

परीक्षार्थीहरुलाई बाहिर फिल्डमै लगेर आगलागीका घटना भईहालेमा कसरी बच्ने ?, तत्काल कसरी निभाउने, विपद्का समयमा खोलामा मानिस डुबेको देख्दा तत्कालै कसरी उद्धार गरेर प्राथमिक उपचार गर्ने लगाएत समाधान र उपाएकाबारे विपद व्यवस्थापन सम्बन्धि श्रव्यदृश्य समाग्री प्रस्तुत गरिएको थियो ।

उक्त तालिमको समापनका अवसरमा सोमवार आयोजित कार्यक्रममा सोही वडा कार्यालयका रत्ननगर-९ का वडा अध्यक्ष अनन्त अधिकारी, कपरफोरी बालुवाटार विपद् न्यूनीकरण समाजका अध्यक्ष रामचन्द्र पौडेलले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे ।

481269159 122201673410243831 2869234017946535302 n
481269159 122201673410243831 2869234017946535302 n

उक्त अवसरमा वडा अध्यक्ष अधिकारीले तालिमले प्रशिक्षार्थीको व्यवसायिक जिवनमा निपुर्णता ल्याएको विश्वास व्यक्त गर्दै दैविक प्रकोप तथा विपदको समयमा खोजी तथा उद्दार कार्यमा नागरिकले अपेक्षा गरे अनुरुप सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

कपरफोरी बालुवाटार विपद् न्यूनीकरण समाजका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य सुष्मा खड्काथोकी, संस्थाका कोषाध्यक्ष बसन्त अम्गाई, सहभागी परीक्षार्थीहरु लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन वडा कार्यालय-९ का वडा सचिव सुर्य प्रसाद ढुङ्गानाले गरेका थिए ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।