शुक्र, जेष्ठ २२, २०८३
Search
शुक्र, जेष्ठ २२, २०८३

आज २०८१ साल फागुन १५ गते बिहीबारको राशिफल

Share:
113

आज २०८१ साल फागुन १५ गते बिहीबार फागुन कृष्ण पक्षको चतुर्दशी उपरान्त औंसी तिथि। द्वापरयुगादी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २७ तारिख।विश्व गैरसरकारी संस्था दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। बौद्धिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

वृष : बोल्दा सचेत बन्नुपर्नेछ। तपाईंको बोली परोपकारमा प्रयोग गर्नुपर्ने समय छ। सञ्चित धन खर्च भए पनि इज्ज्त बढ्नेछ। राज्यको प्रमुख निकायमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुन : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। धार्मिक भ्रमण हुने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। बोल्दा सचेत नभएमा पछुतो हुनेछ।

कर्कट : पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। शनिको प्रभावले दिन खराब भएकाले पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने दिन छ।

सिंह : दिन राम्रो छ। परिवारमा रमाइलो भेटघाट हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : शत्रु बढ्नेछन्। महत्त्वपूर्ण निर्णयमा अवरोध खडा हुनेछ। परिवारका बौद्धिक साथीले असहयोग गर्ने भएकाले सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

तुला : गला र कलाको प्रशंसा हुनेछ। साथीको साथ लिएर योजना अनुसार अगाडि बढ्दा फाइदा हुनेछ। गुरुको सल्लाह लिनुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : सानो कुराले मन अशान्त बन्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ। आफूभन्दा ठुलासँग बौद्धिक टकराब हुनेछ। हरेक ठाउँमा अवरोध हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

धनु : साथीभाइको सहकार्यबाट फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने योग छ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। बौद्धिक साथीले विपक्षी समूहलाई साथ दिँदा व्यवस्थापनमा कठिनाइ हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : धनलक्ष्मी योग परेको छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। बौद्धिक क्षेत्रका व्यक्तिको पहुँच रहेकाले राम्रा काम गर्ने हिम्मत गर्नुपर्नेछ। विपक्षीलाई पराजित गर्ने शक्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने दिन छ। मध्य साढेसाती दशा भए पनि शुभग्रहको बहुमत छ। धार्मिक क्षेत्रमा अगाडि बढेमा फाइदा हुनेछ। आफूभन्दा ठुलासँग बोल्दा नम्र बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले मन उदास बन्नेछ। दातृ संस्थामा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहे पनि सामाजिक क्षेत्रमा हरेक अप्ठेरो परिस्थिति बन्नेछ। परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।