शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

कालिका-११ स्थित राष्ट्रिय मा.वि मझवाङ्गमा बालविवाह न्यूनिकरण सचेतना

Share:
102

रत्ननगर, फागुन १२ । बालविवाह न्यूनीकरणका लागि चितवनका स्थानीय तहहरूले अभियान सञ्चालन गरिरहेका छन् । बालबालिकाहरूलाई २० वर्षपछि मात्रै विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले बालबालिका र अभिभावकहरूलाई बालविवाहले पार्ने नकारात्मक असर र कानुनी कारबाहीबारेमा जानकारी गराइरहेको स्थानीय तहहरूले जनाएका छन् ।

बिद्यालयका बालबालिकाहरुमा बालबिबाह तथा बहुबिबाह सम्बन्धि जनचेतना फैलाउन चितवनको कालिका नगरपालिकाको महिला तथा बालबालिका शाखाले बाल बिवाह तथा बहुबिवाह बिरुद्ध सचेतनामुलक कार्यक्रम गरेको छ ।

कालिका नगरपालिका वडा नं ११ मा रहेको राष्ट्रिय माध्यमिक बिद्यालय मझवाङ्गमा अध्ययनरत बिद्यार्थीहरुको लागि सचेतना गराइएको थियो । कार्यक्रममा कालिका नगरपालिकाका उपप्रमुख बिमला तमाङले पहिला अज्ञानता र अशिक्षाका कारण बालबिवाह गर्ने प्रचलन रहेको र हाल बिभिन्न सामाजिक सञ्जालका कारण पनि बालविवाहको दर बढेको बताउनुभयो ।

साना साना बालबालिकाहरु यस तर्फ आकर्षीत भएको भन्दै तमाङले अभिभावकहरु सचेत बन्नुपर्ने बताउनुभयो । विद्यालयमा खाजा कार्यक्रमले बिद्यार्थीको आकर्षण बढेको छ तर चितवनको दुर्गम भुभागमा रहेका सिमान्तकृत आदिबासी चेपाङ्ग समुदाय अझै पनि शिक्षाको पहुँच बाहिर रहेको उपमेयर तमाङको भनाई थियो ।

सचेतना कार्यक्रममा बिद्यालयका प्राधानाध्यापक फणिन्द्र पनेरुले अभिभावकहरुको आयश्रोतमा कमी भएका कारण पनि बिद्यालयमा आदिबासी चेपाङ्ग समुदायका बालबालिकाले चाडै नै कक्षा छोड्ने गरेको बताउनुभयो । प्राधानाध्यापक पनेरुले जीवन उपयोगी शिक्षाको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका बरिष्ठ प्रहरी नायव निरिक्षक गोविन्द परियारले बालविवाह सम्बन्धी कानुनका बारेमा प्रशिक्षण दिनुभएको थियो । उहाले नेपालको कानुनले बिवाह गर्ने उमेर २० बर्ष कटेपछी मात्रै गर्न मिल्ने बताउनुभयो ।

बाल विवाह तथा बहुविवाह र महिला हिंसा हुनुभन्दा पनि हुनै नदिन यस कार्यक्रमको मुख्य उदेश्य रहेको कालिकाका सहायक महिला विकास अधिकृत सम्झना ढकालले जानकारी दिनुभयो ।

महिला विकास निरिक्षक सविना श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम वहादुर प्रजा, कार्यपालिका सदस्य शान्ति महतो, शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।