चितवन, फागुन ३ । भरतपुर–९ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जंगलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा ११ च ९२४३ नम्बरको कारले ना ३० प ७९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर–९ बस्ने ५२ वर्षीय दुखिराम दराईको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
शुक्रबार राति १०ः०० बजे दुर्घटनामा गम्भीर घाइते भएका दराईलाई भरतपुर अस्पतालमा उपचारका क्रममा ११ः१४ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।







