शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

झुवानी मा.वि मा मनोसामाजिक तथा स्वास्थ्य जीवन सम्बन्धी सचेतना

Share:
137

रत्ननगर, फागुन २ । रत्ननगर वडा नं ५ स्थित झुवानी मा.वि का विद्यार्थीहरुका लागि मनोसामाजिक तथा स्वास्थ्य जीवन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

वडा नं ५ वडा कार्यालयको सहयोगमा नारी जागरण केन्द्र र र्सिजनशिल सिकाइ केन्द्रको सयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ रहेका थिए ।

कार्यक्रममा मेलमिलापकर्ता कविता अधिकारी र रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष विष्णु शर्माले सहजीकरण गरेका थिए ।

नारी जागरण केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालको अध्यक्षतामा भएको कार्यक्रममा झुवानी माविका प्रधानाध्यापक नवीनचन्द्र भट्टराई, झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्याल लगायतले मन्तव्य राखेका थिए ।

९० जना विद्यार्थी सहभागी कार्यक्रममा तनाबका लक्ष्णहरु, व्यवस्थापन, घरपरिवार र समाजले खेल्नुपर्ने भूमिका, स्वमुल्याङ्कन, दुव्र्यवहार र त्यसको प्रतिकार लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

केन्द्रकी अध्यक्ष सुवेदीले नारी जागरण केन्द्रले महिला सशक्तिकरण, विपन्नलाई शिक्षा, युवा स्वरोजगार तथा सीपमुलक तालिम, जनचेतनामुलक कार्यक्रम तथा पछिल्लो समय समस्याको रुपमा देखापरेको मनोसामाजिक समस्याका विषयमा विद्यार्थीलाई सचेत गराउन झुवानीमा कार्यक्रम आयोजना गरिएको बताइन् ।

केन्द्रकी महासचिव सरस्वती लामाले सञ्चालन गरेको सो कार्यक्रममा र्सिजनशिल सिकाइ केन्द्रका अध्यक्ष मीन प्रसाद सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।