शुक्र, बैशाख ११, २०८३
Search
शुक्र, बैशाख ११, २०८३

कोलारका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग

Share:
138

रत्ननगर, फागुन २ । चितवनको कालिका नगरपालिका वडा नं. ९ मा रहेको श्री महाँकाली आधारभूत बिद्यालय (कक्षा १ देखि कक्षा ५ सम्म) कोलारका १२० जना बिद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री सहयोग प्राप्त भएको छ ।

नेपाल हिल्से डिरेक्ट संस्थाले शुक्रवार बिद्यालयमा पुगेरै सहयोग गरेको हो । कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मी, वडा नं. ९ का वडा अध्यक्ष निलकण्ठ मगर, नेपाल हिल्से डिरेक्टका कोडिनेटर श्रीलाल परियार, गैर सरकारी संस्था महासंघ चितवनका पूर्व अध्यक्ष केशव आचार्य लगाएको टोलिले बिद्यार्थीहरूलाई ट्याकसुट, ब्याडमिन्टन, भलिबल, फुटबल, कपी, कलम लगाएत बिद्यालय पोशाक र शैक्षिक सामग्री बितरण गरेकाहुन् ।

नयाँ पोशाक, खेलकुद र शैक्षिक सामग्री पाएपछि बिद्यार्थी खुशी भएका छन् । बालबालिकाहरुको शैक्षिक गुणस्तर उकास्न बिद्यालय पोशाक शैक्षिक सामाग्री बितरण गरिएको नेपाल हिल्से डिरेक्टका कोडिनेटर परियारले जानकारी दिए । नेपाल हिल्से डिरेक्टले पहाडी क्षेत्रका बालबालिकाको लागि सहयोग गर्दै आएको छ ।

कार्यक्रममा विद्यालयकी प्राधानाध्यापक चन्द्र माया प्रजा, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जया वहादुर प्रजा लगाएतको सहभागिता रहेको थियो ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।